वीरगञ्ज भन्सार राजश्व असुलीमा ठुलो गिरावट

0
48

आजकोकुरा:वैशाख ७ वीरगञ्ज । मालबस्तुको आयातमा गिरावट आएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन लक्ष्यभन्दा अति नै कम उठेेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुशार लक्ष्यभन्दा ६६ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

अब केही प्रतिशत तलमाथि हुनुलाई सामान्य मानिए पनि भारी अन्तर देखिएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत ६ महिनादेखि लगातार लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको वीरगन्ज भन्सार कार्यालयले गत चैत महिनामा भने लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व असुलेको छ । तर,चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म भने भन्सार कार्यालयले लक्ष्यभन्दा बढी नै राजश्व उठाएको थियो ।

कार्यालयलाई भन्सार विभागले चैतका लागि १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको ,तर,कार्यालयले लक्ष्यभन्दा ५ अर्ब १७ करोड १२ लाख ९९ हजार कम अर्थात ६६.५२ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । कार्यालयले १० अर्ब २७ करोड ३२ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

देशकै मुख्य नाका भएका कारण वीरगञ्ज भन्सार कार्यालयबाट बढी राजश्व संकलनको अपेक्षा राख्नु स्वाभाविक नै हो । तर केही महिनायताको राजश्व अध्ययन गर्दा विभागले बजारको अध्ययन नै नगरी लक्ष्य तोकेको भन्सारका अधिकारीहरुले बताएका छन् ।

चालु आर्थिक वर्षको चैतमा वीरगञ्ज भन्सार नाका हुँदै ४५ अर्ब १ करोडको सामान आयात भएको , जुन गत वर्षको तुलनामा १८ अर्ब ९० करोडले कम हो । तर ,निर्यातमा भने झण्डै दोब्बर वृद्धि भएको देखिएको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले चैत महिनामा राजश्व संकलनमा अप्रत्याशित गिरावट आउनु पछाडिको मुख्य कारण कारोबारमा कुल आयातमा कमी आउनु नै मुख्य भएको बताएका छन् ।

LEAVE A REPLY