ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको अब छिट्टै टुंगो लाग्ने

0
40

आजकोकुरा: वैशाख ६ काठमाडौं । ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको अब छिट्टै टुंगो लाग्ने भएको छ । छलफल गर्न दुबै दशेका श्रम तथा मानव संशाधन अधिकारीलाई नेपाल बाोलाइएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाए अनुशार दुबै देशका प्राविधिक टोली अप्रिल महिनाभित्रै वा मे महिनाको पहिलो हप्तासम्म आईपुग्ने छ । मन्त्रालयका सचिव महेश दाहलले ‘ दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्नेछ ,हामी यही वार्तामा सहमति जुटाउने प्रयत्न गर्नेछौं ’ भने ।

साथै ,मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी यी दुबै देशसँग एमओयूको मस्यौदा टुंग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ ।

ओमान र युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेेको छ । पहिलो चरणमा युएई र ओमानले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग तथा माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

LEAVE A REPLY