नेपालद्वारा ओमानसामु २३० रनको लक्ष्य प्रस्तुत

0
19

आजकोकुरा :वैशाख ३एजेन्सी ! अण्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगर टर्फ मैदानमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४३ दशमलब २ ओभरमा सवै विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको हो ।
कमजोर सुरुवात गरेको नेपालको ईनिङस कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले उकासेका थिए । यी दुबैले छैटौ विकेटका लागि ९२ रनको साझेदारी गरे । अन्तिम विकेटका लागि प्रतिश जिसी र सुर्य तामाङले ५१ रनको साझेदारी गर्दै नेपाललाई सम्मनजनक योगफलसम्म पुर्‍याए । रोहित ७५ र सार्की ३९ रनमा आउट भए । २३ बलको सामना गरेका प्रतिश ४१ रनमा आउट भए । अभिशेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओमानका अजाम अली, जील तान्ना, सञ्जय रभिन्द्र र मुजाहिर राजाले नेपालको २–२ विकेट हात पारे । २ सय ३० रनको लक्ष्य सहित ओमानले अहिले जवाफी व्याटिङ गरिरहेको छ । अहिले यूएई र सिंगापुर तथा मलेसिया र कुवेतबीच पनि प्रतिस्पर्धा चलिरहेको छ ।

LEAVE A REPLY