प्रधान्मत्रिको अभिव्यक्ति आपत्तिजनक छ :उपसभापति विमलेन्द्र निधि

0
38

आजकोकुरा :वैशाख, २ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भनेका थिए । बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गरेका थिए ।

आज सोमबार सानेपा पार्टी कार्यालयमा उपसभापति विमलेन्द्र निधिले पत्रकार सम्मेलनमा ‘प्रधानमन्त्रीले जे भन्नु भएको छ, त्यो आपत्तिजनक छ, घोर भत्सर्ना गर्दछौं ‘ भने ।

प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिए ।

कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको आरोप छ !

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे !अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न उनले आग्रह गरे !

LEAVE A REPLY