‘‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु

0
27

आजकोकुरा: वैशाख १ काठमाडौं । सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ’ अभियान शुरु गरेको छ ।
यस अभियानको औपचारिक शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको राष्ट्रियसभा गृहबाट गरेका छन् ।
वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको र यसको पहिलो खुड्किलो बैंक खाता नै हो भन्ने निष्कर्षसहित सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको हो ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।यसमा बरु आफूले खोलेको खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् ।

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खाता खोल्दा उपलब्ध गराइने एक सय रुपैयाँको मात्र भर नपरेर आफूले पनि एक सय रुपैयाँ राख्न आग्रह गरे !

नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्र वा अन्य कागजातबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई १ सय रुपैयाँ राखिदिएर ग्राहकहरुको बैंक खाता खोलिदिन यसअघि निर्देशन दिएको थियो ।
यसको ब्याज दर भने बैंक अनुसार फरक हुने छ ।

कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा बैंक,नबिल, एनसीसी, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, प्रभु, पि्रमियर, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड र सनराइज बैंकका कुनै पनि शाखाबाट निःशुल्क खाता खोल्न सकिन्छ ।

LEAVE A REPLY