नया वर्षको शुरुवात मै दुखद खबर

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

0
64

आजकोकुरा: वैशाख १ सोलुखुम्बु। आज बिहान लुक्ला एयरपोर्टमा समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

श्रेष्ठलाइ काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।
लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।

LEAVE A REPLY