अब गण्डकी प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउनेछौं :वातावरण मन्त्री लम्साल

0
29

आजकोकुरा:चैत्र ३० बागलुङ ! गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अब प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउने बताएका छन् । उनले बागलुङ कालिका मन्दिरमा आयोजित आज चैतेदसैं मेलाको उद्घाटन गर्दै पर्यटनको माध्यमबाट बढी आम्दानी गर्ने र विकासलाई तीव्रगतिमा दौडाउने प्रदेश सरकारको कार्यक्रम रहेको दाबी गरेका छन् ।

मन्त्री लम्सालले ‘अहिलेसम्म हामीले कानुन बनाउन समय खर्चेका थियौं, अब कार्यान्वयन र विकास निर्माणमा लगाउने भनेका छौं,अबको विकासको गतिलाई कसैले रोक्न सक्दैन ‘भन्दै गण्डकी प्रदेश धार्मिक र साहसिक पर्यटनबाटै समृद्धिमा जान सक्ने उनले बताए ।

साथै ,गण्डकी प्रदेशका धेरै धार्मिकस्थलमा आएका पर्यटकलाई दालभात खुवाउने मात्र नभई एक/दुई दिन बसाल्ने योजना बनाउन सकियो भने व्यवसाय फस्टाउनेसमेत उनले बताए ।

यसैगरी मन्त्री लम्सालले ढोरपाटन सिकार आरक्ष रहेको स्थानलाई पर्यटनको गन्तव्य बनाएर पर्यटक थप्न मन्त्रिपरिषद्‌को बैठकसमेत बस्ने योजना बनाइएको बताए ।

LEAVE A REPLY