वरिष्ट एरेन्जर ,रेकर्डिस्ट तथा संगीतकार राजिव शाहको आफ्नै निर्देशन तथा सम्पादनको हिन्दि गीत

0
347

आजकोकुरा:चैत्र ३० काठमाण्डौ ! वरिष्ट एरेन्जर ,रेकर्डिस्ट तथा संगीतकार राजिव शाहले नौलो र सम्भवत नेपाल मै पहिलो सांगेतिक काम सम्पन्न गरेको छ !
शाहले आफ्नै संगीत,एरेन्ज र आफैले रेकर्ड गरेको हिन्दि गीत ‘तुमको जो देखा ‘को भिडियो निर्देशन तथा भिडियो सम्पादन पनि आफै गरेर नेपालि स्रष्टामाझ ऐतिहासिक पृथक कामको शुभारम्भ गरेको हो ! सधै फरक काम गर्न रुचाउने शाहले ‘ यो नौलो र सायद यस्तो मैले मात्र गरेको छु होला ,धेरै खुशी लागेको छ ‘आजकोकुरा डटकमलाइ बताए !
यसमा चर्चित गायक योगेश काजीको पनि पहिलो हिन्दि गीत रहेको छ भने नेपालि चलचित्र ‘बदला ‘नायक राजाराम शाहको पनि पहिलो हिन्दि गीतमा अभिनय रहेको छ !
सवैको पहिलो बेजोड प्रस्तुति रहेकोले ठुलो आशा रहेको पनि राजिव शाहले बताएका छन् !

LEAVE A REPLY