सगरमाथाको उचाइ घटेको बारे पत्यार लाग्दैन :प्रधानमन्त्रि ओली

0
39

आजकोकुरा :चैत,२७ काठमाडौं । चार वर्षअघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ के घटेको हो ?यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यो प्रश्नले सताएको रहेछ । बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्रीले ‘आफूलाई भने पत्यार नलागेको ‘बताए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने-भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ , तर ,मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो ।

प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक-फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने जानकारी दिए ।

यसैगरी,प्रधानमन्त्रीले मौसमले साथ नदिएमा वा स्वास्थ्यमा खराबी आउँदा आउँदै सगरमाथा आरोहण नगर्न सुझाव समेत दिए । उनले अनुभवी गाइडहरुले दिएको निर्देशनअनुसार चल्न सरकारी आरोहण टोलीलाई सुझाव दिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने टोलीलाई दिइएको कार्यदिसाबारे जानकारी गराएका थिइन्।

सगरमाथाको उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सुरज सिंह भण्डारी र युवराज धिताल रहेका जानकारी दिएको छ ।

LEAVE A REPLY