न्याय बिचमै नखोसियोस : ध्रुव पुन गुमाने

0
516

आजकोकुरा:चैत्र २७ काठ्माण्डौ !
ध्रुब पुन गुमाने /रुकुम
संघीय संरचना अनुसार सिंगो रुकुम दुइ भागमा विभाजन भयो !पश्चिम रुकुममा सिंगो रुकुमको माग चर्को रुपमा उठ्यो !पूर्वी रुकुम सुनसान जस्तै भयो !जसले गर्दा पश्चिम रुकुमको मागले सार्थकता पाउन सकेन !पश्चिम रुकुमलाई समर्थन नगर्नु पनि बाध्यता थियो पूर्वी रुकुमको !तत्कालिन सदरमुकाम मुसौकोट खलङ्गा आउँ झण्डै चार दिनसम्म लाग्थ्यो पूर्वी रुकुमबाट !वर्षौपछि त्यसको छुटकारा पाउँदा पूर्वी रुकुमवासी हर्षित भयो !
तत्कालका लागि प्रस्तावित सदरमुकामका नाममा रुकुमकोटलाइ केन्द्र मानेर सरकारी कामकाज सुरु भयो !जसले गर्दा हामि आशिक खुशी थियौं !खलङ्गा पुग्नुभन्दा रुकुमकोट सम्म पुग्नु केहि राहत भने पक्कै भयो !तर,त्यतिले मात्र राम्रो भावना समेट्दैन्थ्यो ! सोहि समयमै तत्कालिन प्रधानमन्त्रि शेर बहादुर देउवा नेतृत्वको सरकारले रुकुम पुर्व पूर्वी क्षेत्रका जनतालाई लक्षित गरि नयाँ जिल्ला बनाएको थियो,त्यसलाई आत्मसाथ गर्दै रुकुम पूर्वको सदरमुकाम तोक्ने निर्णय गर्यो !सोहि अनुसार माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका-१२ गोलखाडामा सदरमुकाम बनाउने निर्णय भयो !जुन निर्णयलाई रुकुम पूर्वका पूर्वी क्षेत्रका बासिन्दाले खुशी मनायौं !सोहि दिन घरघरमा दिपावली समेत गरियौं !यता रुकुमकोट लगाएत आसपासको भने उक्त निर्णयको बिरोध गर्दै आन्दोलन गरे !जसले गर्दा टुक्रनुको कारणलाई ठाडै बलात्कार गर्न खोज्यो ! म यस अर्थमा भन्दै छु कि जहाँका जनतालाई लक्षित गरि नयाँ जिल्ला घोषणा गरिएको हो ,त्यहाँका जनतासम्म न्याय पुग्न दिइएन ! जुन न्यायलाई बीच बाटोमै रोक्न खोजियो ! नयाँ जिल्ला रुकुमकोटलाइ सदरमुकाम बनाउन जन्माएको थिएन !मगर बाहुल्य रहेको पूर्वी क्षेत्रका जनतालाई राहत दिन रुकुम पुर्व जिल्ला जन्मिएको थियो !राजनैतिक आडमा पूर्वी क्षेत्रका जनताको अधिकार बिचमा राख्ने प्रयास भएको छ !त्यो हाम्रा लागि कुनै पनि हालतमा मान्य हुने छैन !जसलाई न्याय दिन खोजिएको हो ,त्यसलाई दिनुपर्छ !सदियौंदेखि अधिकारबाट बन्चित हामीलाई (मगर )अब अन्यायमा पार्न पाइन्दैन !
रुकुमकोट आफैमा विकासोन्मुख ठाउँ हो !यहाँ प्राकितिक सुन्दरता छ नै ,तर,सवैको पायक भने पर्दैन !सरकारको निर्णयविरुद्द रुकुमकोट र गोलखाडाका बिचमा दुरी अवश्य छ ,यो दुरी कम गराउनुपर्छ !रुकुमकोटको बिकासका लागि पूर्वी क्षेत्रका बासिन्दाले साथ् दिनुपर्छ !भाइभाइमा दुरी फाट्दा यहाँको बिकासले गति लिन सक्दैन !
गोलखाडाको  दावी
रुकुम पूर्वको पूर्वी क्षेत्रका बासिन्दाहरुका लागि बनाइएको हो ,यहाँका जनताले सास्ती पाए ,राज्यको आँखा नजिक पुग्न सकेनन् ,वर्षौदेखि पिडित छन् ! अब ,यस क्षेत्रका बासिन्दालाई राज्यले नजिकै गएर सेवा दिन खोज्यो ,तर,त्यो बिचमै रोकिन खोज्यो ,यो पूर्वी क्षेत्रका जनताका लागि मान्य हुने छैन !हामीलाई दिइएको अधिकार हामीले पाउनुपर्छ !अहिले पनि यो अधिकार बाट बन्चित गराइयो भने हामीले कहिल्यै पनि न्याय पाउन्दैनौ !गोलखाडा सवै जनताका पायक पर्ने ठाउँ हो ! यहाँ भौतिक पूर्वाधार निर्माण गर्न सकिने प्रसस्त आधार छन् ! प्रसस्त जमिन ,सबैको पायक पर्ने ठाउँ ,पर्यटकिय क्षेत्र,दिर्घकालिन रुपमा बजारलाई व्यवस्थित गर्न सकिने उपयुक्त ठाउँ नै यहाँका आधार हुन् !अहिले गोलखाडामा सदरमुकाम लिनलाई पूर्वाधार छैनन् भन्ने एकदम गलत र झुटो हल्ला पनि चालाइएको छ ,भनिएको छ !तर,हामीमाझ ताजै छ ,’ तत्कालिन रुकुमको जिल्ला सदरमुकाम खलंगाको अवस्था !’ त्यहाँ एक दर्जन जति मात्र घरहरु थिए !ठाउँ सानो जस्तो थियो !अहिले हेरौं ठुलो बजार बनेको छ ! मुसिकोट भन्दा गोलखाडा फराकिलो ठाउँ र अति उपयुक्त छ !
रुकुमकोटले सर्वोच्चमा रिट दायर गरेको छ !त्यसले गोलखाडामा मुकाम बन्नलाई अल्झाएको छ ! रुकुमकोटलाइ प्रस्तावित सदरमुकाम भनेको हो ,स्थायी बनाएको थिएन ! गोलखाडा नेपाल सरकारले स्थायी तोकेको हो !यति बेला हाम्रो अधिकार खोसियो भने हामि चुप लागेर बस्न सक्दैनौं !हामीले नेपाल एकिकरणदेखि राणा फाल्नेसम्म योगदान गर्यौं ! जनयुद्दमा प्राणको आहुति दिएर लड्यौं !अहिले अधिकार दिंदा खोसिनु हाम्रा लागि सह्य हुने छैन !
गोलखाडाको एक चर्चा
पुथा उत्तरगंगा गाउँपालिका-१२,गोलखाडा बस्ति बाक्लन्दै छ !माथि हरियों डाडाको काखमा बसेको गोलखाडा आफैमा रमणिय छ !यहाँका देखिने सेताम्मे हिमाल र लालीगुराँसले यहाँको सुन्दरतालाई दुरुस्तै उतारेको छ !वारिबाट भित्तामा टाँसिएको जस्तै लाग्ने गोलाखाडा पुगेपछि बस्ति जस्तो छ ! मगर भेषभुषामा र भाषाको दैनिकी चलाएका यहाँका वासिन्दा दयालु,सोझा,इमान्दारी र सहयोगी छन् ! पर्दा सहयोग गर्ने र एकअर्काको खुशीमा रमाउने यहाँको सस्कृति जस्तो हो ! पूर्वी रुकुमको मध्यभागमा पर्ने यो ठाउँ एक बरदान मानिन्छ !कला,सस्कृति,सभ्यता र पर्यटनले भरिएको यो क्षेत्र नशालु मानिन्छ !

LEAVE A REPLY