पन्त समाज नेपालको राजधानीमा नव वर्ष २०७६ शुभकामना तथा सम्मान कार्यक्रम

'जव सस्कार सस्कृति बाट बिज्ञान हराउछ ,तव,अरुले रुढिवादी औल्याउछ

0
342

आजकोकुरा:चैत्र २४ काठ्माण्डौ ! पन्त समाज नेपालको राजधानीमा नव वर्ष २०७६ शुभकामना तथा सम्मान कार्यक्रम भएको छ ! मुलुक सम्व्रिद्दि तथा सस्कृति सम्बर्दन गर्ने उद्देश्यले स्थापना भएको पन्त समाज नेपालले चैत्र २३ गते सनिबार प्रज्ञा भवन कमलादीमा बृहत बैचारिक आदान-प्रदान शुभकामना कार्यक्रम गरेको हो ,जसमा पन्त समाज र मुलुकका लागि योगदान पुर्याउने अग्रज पन्तहरुलाइ सम्मान पत्र प्रदान समेत गरिएको थियो !
“झट्ट हेर्दा र सुन्दा पन्त समाज एकल जातीय लाग्न सक्छ तर बिल्कुल यो समाज सामाजिक कार्य गर्ने महान उद्देश्यका साथ् स्थापना भएको हो ,यसमा जो कोहि जुनै जाति बाट पनि बिसुद्द बिचारले यस समाजको सदस्य बन्न सक्नेछ “आजकोकुरालाई पन्त समाजका महासचिव एकेन्द्र पन्तले बताए !


पन्त समाज कै संरक्षक तथा पुर्व अध्यक्ष डा.शास्त्रदत्त पन्तको बिशेष अतिथ्यमा भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा पुर्व मन्त्रि छबिलाल पन्त,पुर्ब महान्यधिवक्ता सुसिल कुमार पन्त लगाएत थिए !
रथी (अ.प्रा.)अमर पन्तको सभापतित्व रहेको यस कार्यक्रममा ‘लक्ष्मीदेवी पन्त,शिवदत्त पन्त,हरिबहादुर पन्त,बालकुमारी पन्त ,देवदत्त पन्त,खड्क बहादुर पन्त,कृष्ण कुमारी पन्त,रोहिणी प्रसाद पन्त,विष्णुहरि पन्त,यज्ञ प्रसाद पन्त,कालिका प्रसाद पन्त,दीर्घराज पन्त र यादव देव पन्त अग्रज पन्तहरुलाइ सम्मान पत्र प्रदान गरिएर सम्मान गरिएको थियो !
पन्त समाजले बिभिन्न विषयका पुस्तकहरु प्रकाशित गर्ने,एस इ इ परिक्षामा उत्कृष्ट अंक ल्याउने पन्त तथा दलित बिधार्थीहरुलाई छात्रब्रिद्दी प्रदान गर्ने ,तथा पन्त समाजले संचार क्षेत्रमा सम्वनय बढाउने पनि अबको योजना रहेको बताइएको छ !
कार्यक्रममा बोल्दै विशेष अतिथि डा.शास्त्रदत्त पन्तले हाम्रो सस्कृति बिज्ञान भन्दा पनि उच्च रहेको दावी गर्दै ‘जव सस्कार सस्कृति बाट बिज्ञान हराउछ ,तव,अरुले रुढिवादी औल्याउछ ,तर हाम्रो धर्म सस्कृति सबै भन्दा उत्कृष्ट छ ‘भने !साथै डा. पन्तले ‘ यस समाजमा पैसा कमाउछु भन्ने स्वार्थ लिएर नआउनु होला ‘पनि भन्दै यस समाजलाई जिवन्त राख्न जरुरि छ भने !
सबै उपस्थित पन्तहरुले नव वर्ष शुभकामना साटासाट गरेका थिए !

LEAVE A REPLY