दुई सन्तानसंगै आमाले गरिन् आत्महत्या

0
45

आजकोकुरा:चैत्र २२ चितवन ! भरतपुर महानगरपालिका–१८ मा एक महिला र उनका दुई सन्तानको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ । जसमा चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीका अनुसार ३५ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३ वर्षिय छोरा विवशको शव भरतपुरको शशीनगरस्थित घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको हो ।
बिहान स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । सेनामा जागिरे श्रीमान विदामा घर आएका समय परिवारका तीन जनाले आत्महत्या गरेको डिएसपी रेग्मीको भनाई छ । बिदामा आएर श्रीमान आफन्तकोमा गएका बेला यस्तो घटना भएको प्रहरीले बताएको छ ।
यसमा घटनाको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिने भएपनि अनुसन्धान भैरहेको डिएसपी रेग्मीले बताए । ढोकाको आग्लो लगाएकै अवस्थामा बाहिरबाट भित्र जाने अन्य बाटो नदेखिएको , थप विवरणहरु केलाउँदै अनुसन्धानकै क्रममा रहेको’ डिएसपी रेग्मीको भनाई छ ।

LEAVE A REPLY