आर्थिक सम्वृद्दिकोलागी ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औधोगिक पर्दशनी -२०७६ हुने

0
270

आजकोकुरा:चैत्र २१ काठ्माण्डौ ! ‘ आर्थिक सम्वृद्दिकोलागी उधोग खोलौं ,औधोगीकरणका लागि सवै जुटौं ‘भन्ने मुलनाराका साथ् आउने नव वर्ष २०७६ को शुभारम्भ संगै वैशाक २६देखि ३० गतेसम्म पांच दिने ” ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औधोगिक पर्दशनी -२०७६ ” भृकुटीमण्डपमा आयोजना हुने भएको छ !
यस उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय उधोग बिभाग तथा नेपाल घरेलु अधोग तथा साना उधोग महासंघ लगाएतले आज राजधानीमा ‘पत्रकार सम्मेलन ‘गर्दै उक्त कुरा बारे बताएको हो !
बि.सं.२०४२ मा १६ वटा जिल्लाका १६ उद्धमीहरुलाई भृकुटीमण्डपमा भेलापारी घरेलु तथा साना उधोग बिकास समितिले सरकारी तवर बाट केन्द्रिय स्तरमा शुरु गरेको सानो औधोगिक पर्दसनी आज सकारात्मक तवरले ३० औं शृंखलामा पुगेको पनि आजको कार्यक्रमको प्रेस बिज्ञप्ति मार्फत बताइएको छ !  
साथै,राष्ट्रमा आजसम्म ४लाख १८हजार ५२ घरेलु तथा साना उधोगहरु दर्ता रहेको ,अझ बिना दर्ता मुलुकमा ५ लाख लघु उद्धम व्यवसायहरु संचालनमा रहेको समेत बिज्ञप्तिमा उल्लेख छ !
यस माथिका तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा नेपालको कुल बैदेशिक ब्यापार ८९६ .३५ अर्व पुगेको पनि बताइएको छ !
अब हुने पर्दसनिमा ७७ जिल्ला बाट कम्तिमा प्रत्येक जिल्ला बाट १/१ उद्धमिको सहभागिता गराइन्दै उत्कृष्ट उद्धमिलाई पुरष्कृत गरिने छ ! यसैगरी यस पर्दसनिमा २०० भन्दा बढि स्टल राखिने र ५ करोड भन्दा माथिको ब्यापार हुने पनि अपेक्षा गरिएको छ !
यसको मूल आयोजकमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय उधोग बिभाग छ भने अन्य सह आयोजकमा नेपाल घरेलु उधोग तथा साना उधोग महासंघ,नेपाल उधोग वाणिज्य महासंघ लगाएतको रहेको छ !
आज पत्रकार सम्मेलनमा नेपाल घरेलु उधोग तथा साना उधोग महासंघ अध्यक्ष श्याम प्रसाद गिरि लगाएतको उपस्थिति रहेको थियो !

LEAVE A REPLY