हावाहुरी पीडितलाइ उद्योग वाणिज्य महासंघको ५० लाख सहयोग

0
60

आजकोकुरा: चैत१८ काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितका लागि नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघको आज सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले पुष्टि गरेकी हुन् !

यसमा महासंघले मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् ।

नम्बर २ प्रदेश बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गर्ने महासंघको तयारी छ ।

आइतबार रातीको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ !सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ !
गृहमन्त्रालयले २७ जनाको मृतकको सनाखत भएको जानकारी दिएको छ ।

LEAVE A REPLY