३२ महिनामा महाराजगञ्ज र रत्नपार्क क्षेत्रको तार ‘अन्डरग्राउन्ड’

0
51

आजकोकुराः चैत ७ काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ । ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत वितरण गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुशार ठेक्काको समयसीमा ३० महिनाको राखिएको र अब सबै प्रक्रिया पुरा गरेर ठेकेदारलाई काममा जान २ महिनाको समय लाग्नेछ । यस अण्डरग्राउण्ड लाइनबाट विद्युत वितरण गर्ने कामको पूर्वाधार तयार गर्ने कम्पनी छनोट गर्न विद्युत प्राधिकरणले गत कात्तिकमा टेन्डर आह्वान गरेको थियो ।

यो महारजगञ्ज वितरण केन्द्र अन्तरगतको काममा २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको छ । साथै रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक)मा सम्झोता भएको छ ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र आधुनिकीकरण (अटोमेसन) गरिँदैछ । यो प्रणाली जडान पछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा रहेको छ ।

यो आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । यो आयोजनामा एडीबीले १५ करोड अमेरिकी डलर ऋण दिँदैछ ।

LEAVE A REPLY