सबै समाधान राजनीतिकबाट नै देखेपछि पूर्वडीआइजी पार्वती थापा फोरम प्रवेश

0
80

आजकोकुरा:चैत्र ५ काठमाडौं ! नेपाल प्रहरीका पूर्वडीआइजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् । यसरि फोरम नेपालले पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला उनले पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रहेको बताएको छ ।

केही दिन पहिले मात्रै फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको हो ।

आफु योग्य भएपनि आईजीपी बन्न असफल थापा राजनीतिबाट विरक्त भएर बसेकी थिइन् । तर,फेरी सबै समाधान राजनीतिकबाट नै देखेपछि उनी राजनीतिमा आएको मन्त्री यादवका स्वकीय सचिव अमरेन्द्र यादवले बताएका छन् ।

थापाले राजनीतिक दवावमा त्यो बेला उपेन्द्रकान्त आर्याललाई आइजीपी बनाएको भन्दै राजनीतिक दललाई निकै गाली समेत गरेकी र न्यायका लागि सर्वोच्च अदालत पनि चहारेकी थिइन् ।

यसरि पार्टीमा प्रवेश गरेपनि हालसम्म उनलाई कुनै जिम्मेवारी भने दिइएको छैन । अब बैशाख २७ गतेदेखि शुरु हुन गइरहेको महाधिवेशबाट नै उनलाई पार्टीमा कुनै जिम्मेवारी दिने पार्टी स्रोतले बताएको छ ।

LEAVE A REPLY