इन्डोनेसियामा भीषण बाढी ,७३ जनाको ज्यान गयो

0
53

आजकोकुराः चैत ४ काठमाडौं । इन्डोनेसियामा आएको भीषण बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको ,साथै ६० जना हराइरहेका छन् ।

बीबीसीले जनाएअनुसार पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयौ हताहत भएको छ ।

इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।

१ सय घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । यसरि लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ । करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।

बीबीसीका अनुसार,बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । तर, ती क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन ।बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेका छन् ।

LEAVE A REPLY