आजदेखि राहदानी विभागको कार्यालय समय १ घण्टा थप

0
30

आजकोकुराःचैत १ काठमाडौं । राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा थप गरेको छ ।अब सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै उसले १०–५ को कार्यालय समयमा पुनरावलोकन गरेको हो ।
यस विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ । शुक्रबार भने ३ बजेसम्म मात्र सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले बताएका छन् ।

यस थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे ।

सरकारले अहिले देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

विभागले राहदानी प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ ।

LEAVE A REPLY