प्याब्सन नेतृत्वमा सहमति सन्गै पुरी अध्यक्ष

0
96

आजकोकुराः फागुन२९काठमाडौं । अब निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

प्याब्सनमा नयाँ नेतृत्वमा दाबी गर्दै टीकाराम पुरी र डीके ढुङ्गानाको समूहले मनोनय दर्ता गराएका थिए ।तर, मनोनयन दर्ता लगत्तै पूर्वअध्यक्षहरुको पहलमा सहमति कायम गरिएको छ ।जसमा पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको प्याब्सनले जानकारि दिएको छ । यसरि सहमति जुटेपछि त्यसलाई हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

यसैगरि, विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गर्ने सहमति पनि दुई पक्षबीच बनेको र सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे रहनेछन् ।

अहिले पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी रहेको छ ।

जसमा कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । जुन महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY