नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैनःदेउवा

0
61

आजकोकुराः फागुन२८ कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएउदै सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको उनले बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन, सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं , देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ’भनेका छन् !
सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती समेत जनाउदै सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ’ भनेका छन् !

LEAVE A REPLY