उत्तर कोरिया र अमेरिका बीच तेस्रो शिखर वार्ताको तयारी

0
127

आजकोकुराः फागुन २७ काठमाडौं । अब फेरि अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । उक्तकुरा ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् ।

बोल्टनले एबीसी टेलिभिजनसँग कुरा गर्दै ‘उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला छ ’भनेका छन् !
अबको तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बताउदै किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।

पहिलो ऐतिहासिक वार्ता उत्तर कोरियासँग सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन रहेको थियो ।

LEAVE A REPLY