अध्यक्ष गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द

0
37

आजकोकुराःफागुन२६ काठमाडौं । विप्लब नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गराएको थियो ।

घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आज आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय लिएको छ । साथै संघले आइतबार नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको महासचिव नरेश गेलालले जानकारी दिएका छन् ।

यसमा गेलालले ‘व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएको छ, अब कसरी अघि बढ्ने भन्ने बारे भेलाले निर्णय लिन्छ’भन्दै उनले ‘ राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ’भनेका छन् !

यस घटनाको विप्लब समूहले जिम्मेवारी लिइसकेको छ ।उक्त घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो ।

LEAVE A REPLY