सिके राउतले अब भने अखण्ड नेपाल स्वीकार गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने

0
56

आजकोकुराःफागुन२४ काठमाडौं । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब भने अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

उनले सरकारसँग भित्रभित्रै वार्ता गरे पश्चात आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।
राउत हिजो विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।

आज अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुने,तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बताएको छ ।

LEAVE A REPLY