विप्लव समूहको नेताको घरमा प्रहरी छापा, गोली समेत चलाइयो

0
67

आजकोकुराःफागुन२३ कपिलबस्तु । प्रहरीले शिवराज नगरपालिका –९ स्थित नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ ।

अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले रोकाको घरमा छापा हानेको हो । आज बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ ।

प्रहरीको गोली खुट्टामा लागेर उनी घाइते भएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

LEAVE A REPLY