प्रदेश-३ की प्रमुख अनुराधा कोइराला एक वर्षे कार्यकालमा जम्मा दुई महिना मात्रै कार्यालयमा ।

0
83

आजकोकुरा :फाल्गुन २२ काठमाण्डौ ! एक महिना अघि प्रदेश सभाको कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रतिवेदन बुझेर काठमाण्डौ गएकि प्रदेश प्रमुख अनुराधा कोइराला हेटौडा फर्किएकि छैनन । प्रदेश प्रमुखको कार्यकक्ष र उनको सरकारी आवासमा सधै ताल्चा झुण्डिएको हुन्छ ।

एक वर्षे कार्यकालमा प्रदेश सभाले पारित गरेका २४ विधेयक प्रमाणीकरण भएका छन् । तर अधिकांस विधेयक प्रमाणीकरणका लागि कर्मचारी उनको काठमाडौास्थित निवासमै पुग्नुपर्ने बाध्यता छ ।

प्रदेश प्रमुखको अनुपस्थितिलाइ लिएर सरकारी कर्मचारी कोही मुख खोल्न चाहदैनन् । एकातिर प्रदेश प्रमुख काठमाण्डौ बस्ने र अर्कोतिर उनकै कार्यालयमा पनि पुसयता सचिव समेत नभएको अवस्था छ । सचिव शिवलाल तिवारी सरुवा भएर अर्थ मन्त्रालय गएपछि उनको स्थानमा खटाईएका भन्सार विभागका महानिर्देशक नारायण सापकोटा अझै अत्तोपत्तो छैन । प्रदेश प्रमुख नै नबस्ने भएपछि कर्मचारीले पनि बेवास्ता गरेका हुन सक्छन । अब यहााहरु नै विश्लेषण गर्नुस, संघीयता कसरी मजबूत हुन्छ ?यो समाचार इकान्तिपुर बाट लिइएको हो !

LEAVE A REPLY