पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एक बिदेशी नागरिकको मृत्यु

0
48

आजकोकुरा: फागुन २१ कास्की।आज पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

पोखरा सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकत्सकले मृत घोषणा गरेका छन् ।

गत आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।

LEAVE A REPLY