सिग्नेचर पुलको डिजाइन यसै वर्षबाट

0
25

आजकोकुरा: फागुन २०काठमाडौं । अब सरकारले राजमार्ग र राजमार्ग आसपासका शहरी क्षेत्र नजिकका नदीमा बन्ने ४ वटा सिग्नेचर पुलहरुको डिजनाइन यसै आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । सडक विभाग अन्तरगत बन्न लागेको डिजाइन संयन्त्रमा विदेशी विज्ञ ल्याएर डिजाइन सुरु गर्ने योजना बनाइएको हो ।
सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन गृहकार्य गरिरहेको छ । नेपालमा बनेका केही नयाँ किसिमका पुलहरुको लोकप्रियता र चर्चालाई ध्यानमा राखेर सरकारले यस्तो योजना थालेको हो ।

यसमा विभागका पुल महाशाखा प्रमुख दीपककुमार भट्टराईले बताए अनुसार ४ मध्ये एउटा पुल चितवनको भरतपुर र नवलपरासीको गैँडाकोट जोड्ने हुनेछ । कुल १० वटा यस्ता सिग्नेचर पुल निर्माण गर्ने योजना भएपनि हालसम्म अन्यको भने छनोट हुन सकेको छैन ।
‘नारायणगढ-बुटवल सडक खण्ड पनि विस्तार हुँदैछ, त्यसैले यो पुललाई चार लेनमा बनाउने छौं,अरु कुन-कुन पुलको डिजाइन थाल्ने भन्ने टुंगो लाग्न केही समय लाग्नेछ ’’ भट्टराईले भने !
अहिले पश्चिम नेपालको भ्रमणमा निस्किने अधिकांश पर्यटकहरु केही समय निकालेर भएपनि कर्णाली र महाकालीमा नौलो प्रविधिमा बनाइएको पुल हेर्न पुग्छन् । अब त्यो भन्दा पनि आकर्षक तरिकाले पुलहरु बन्ने भएका छन्, जसलाई सडक विभागले ‘सिग्नेचर पुल’ भनेको छ ।

LEAVE A REPLY