दार्चुला जीप दुर्घटनामा मृतक सबैको सनाखत

0
29

आजकोकुरा:फाल्गुन १८ दार्चुला ! हिजो दार्चुलामा भएको जीप दुर्घटनामा परि मृत्यु भएको ११ जनाको सनाखत भएको छ । मृत्यु भएकामा दार्चुला दुहु गाउँपालिका २ हिकिला बस्ने ४१ वर्षिय कल्यानसिह बडाल उनकी छोरी १५ वर्षिय निर्मला, सोही वडाका ३५ वर्षिय परुली धामी छन् । सोही गाउँपालिका १ का २४ वर्षिय धनबहादुर बम, ४५ वर्षिय गोमती बम, ७१ वर्षिय धाना बंम र ५३ वर्षिय मानमती भट्टको पनि सनाखत भएको छ । यस्तै वडा नम्बर ४ का ५५ वर्षिय अम्मरा बम र वर्ष सात कि आयुसा बम, बैतडी जिल्ला दोगडाकेदार गाउँपलिका ६ सित्तडका ६० वर्षिय प्रताप चन्द र करिब २१ वर्षिय स्नेहा बम रहेका छन् ।

मृतक सवैको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । मृतक सबैको पोस्र्टमार्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । घाइते दिपकसिह धामीलाई थप उपचारका लागि भारतको पिथौरागढ लगिएको छ ।

LEAVE A REPLY