२४ हजारले जाँच दिँदा साढे २३ हजार फेल

0
40

आजकोकुराः फागुन १७ काठ्माण्डौ !वर्षेनि ५ लाख नयाँ जनशक्ति जागिर खोज्दै नेपालको श्रम बजारमा प्रवेश गर्छ । तिनैमध्येबाट ७ सय ५३ जनालाई एक वर्षे करारमा जागिर दिन श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहका लागि रोजगार संयोजकको विज्ञापन पर्यो । करिब २४ हजारले आवेदन दिँदा ५ सय २१ जना मात्र परीक्षा उत्तीर्ण भए । २ सय ३२ जना अपुग हुने गरी नतिजा अयो । शैक्षिक प्रमाणपत्र भएर पनि बेरोजगार बसेका २४ हजार जागिरका आकांक्षीमध्येबाट साढे ७ सय छान्न नसकिने अवस्था अउँदा मुलुकमा कस्तो जनशक्ति उत्पादन भइरहेको छ र यसको जिम्मेवारी कसले लिने ? यतिखेर गम्भीर प्रश्न उठेको छ ।

देशैभरबाट २३ हजार ९ सय ६८ जनाले आवेदन दिएकामा पूर्वयोग्यताका अाधारमा २ हजार २ सय ६५ जना मात्र प्रारम्भिक योग्यता क्रममा छनोट भए । फागुन ११ र १२ गते लिइएको परीक्षामा ५ सय ५१ जना मात्र उत्तीर्ण भए । मन्त्रालयले कम्युटरबाट लिएको परीक्षामा शाखा अधिकृत सरह ४ सय ८३ जना र नायब सुब्बासरह ३८ जना छनोट भए । बाँकी जनशक्तिमा न्यूनतम क्षमता नै नभएका कारण अयोग्य ठहरिए र २ सय ३२ स्थान खाली नै रहे । सुरू आवेदकमध्ये २३ हजार ४ सय ४७ जना अयोग्य भए । मन्त्रालयले ५० पूर्णाङ्कको सूचना व्यवस्थापन प्रणालीसम्बन्धी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण हुन २५ अंक ल्याउनुपर्ने मापदण्ड तोकेको थियो । तर यति धेरै आवेदकबाट छान्दा पनि पर्याप्त मात्रामा योग्य जनशक्ति नभेटिँदा हाम्रो शिक्षा प्रणालीको गुणस्तरमाथि नै प्रश्न उठेको छ ।

हुन त रोजगार स‌ंयोजक पदमा सत्तारुढ नेकपाले पार्टी कार्यकर्ता भर्ती गर्ने ठानेर क्षमतावान जनशक्तिले आवेदन नै नदिएको पनि हुन सक्छ । तर मन्त्रालयले त्यो बुझाइ तोड्न पारदर्शी प्रक्रिया अपनाइ कम्प्युटर प्रणालीबाट परीक्षा लियो र तुरून्तै नतिजा समेत थाहा पाउने व्यवस्था गर्यो । यस घटनाले न्यूनतम उत्तीर्णांक समेत ल्याउन नसक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयका पदाधिकारीकै क्षमतामा समेत प्रश्न उठाएको छ । स्रोत इकान्तिपुर !

LEAVE A REPLY