आज मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई

0
42

आजकोकुरा:फाल्गुन १७ काठ्माण्डौ ! आज मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई हुँदैछ । दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक विहान ११ बजेपछि बस्ने गरी बोलाइएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिुए ।
संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको छ । यसअघि गत आइतबार र मंगलबार बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित भएको थियो । दुई वटा आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई सकिएपछि आजै चार वटै संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गर्ने÷नगर्ने निर्णय हुने समिति सचिवालयले जनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्रस्तावित शान्तराज सुवेदीको संसदीय सुनुवाई भइसकेको छ । परिषदको गत माघ ६ गते बसेको बैठकले ५ वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो । यद्धपी मस्लिम आयोगका लागि प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध नागरिकता लगायत विषयमा उजुरी परेकाले सुनुवाई हुन बाँकी छ । अन्सारीको विषयमा के गर्ने भन्ने विषय किनारा लाग्न बाँकी रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।

LEAVE A REPLY