धन पबित्र ,दान गरे

0
132

आजकोकुराःफागुन१६ खोटाङ । जब मानिसको जीवनमा बज्रपात पर्छ त्यतिबेला सबै निस्टुरी भए जस्तो लाग्दोरछ , बाच्ने रहर कस्लाइ पो हुन्न र? मानवको चोलामा समयले ठगे पछि जिउँदै मरेतुल्य भएर बाच्नुको पिडा कल्पना पनि गर्न सकिदैन।यस्तै पिडा पोखिरहेका छन् दिप्रुङ गाउँपालिका ७ काउले खोटाङका ४२ बर्षे छबिलाल मगर।
१ महिना अघि एक्कासि बिरामी परेर तत्काल उपचार्थ हस्पिटलमा जादा उनको दुबै मृगौलाले काम नगरेको कुरा स्वास्थ्यकर्मी बाट थाहा पाएपछि उनी छागा बाट खसे जस्तो भए ।अनि अहिले सुमेरु हस्पिटलमा हप्ताको दुई चोटि डाइलेसिक्स गराइ रहनु भएको छ
आफुसंग भएको सम्पत्ति सबै उपचार्थमा खर्च भइसकेको र अहिले हप्ताको दुई पटक डाइलेसिक्स् गर्नुपर्ने हुदा गम्भीर आर्थिक संकटमा छबिलाल मगर र उनका परिवारमा परेको छ। आफू बाच्न पाए छोरा छोरीको भविष्य सुन्दर बनाउन सक्थे कि भन्ने झिनो आशामा उनी उद्धार भावना र सहयोगी मन भएका सबै प्रति यतिबेला सहयोगको याचना मागिरहेका छन्।

उनि हाल काठमाडौ कपनमा आफन्तको सरणमा बस्दै आएका छन्। सामान्य जीवनयापन गर्दै आएका मगरलाई मिडियाको पहुँच र सामाजिक संस्था सम्म पुग्ने माध्यम नभए पछि हालसम्म उनलाई केही चिनजान र आफन्तजन बाट मात्र सहयोग भए पनि उत्त सहयोग उपचारमै सकिएपछि देश बिदेशमा रहनुहुने मनकारी र बिभिन्न संघ संस्था लाई सहयोगीको लागि अरुरोध गरिरहेका छन्।

थपजानकारीको लागि : सहयोग गर्न चाहाने सहयोगी मनहरुले हामिलाई यो फोन नम्बरमा सम्पर्क गरि बैंक खाता लिनुहुन अनुरोध गर्दछौं ।
मृगौला पीडित: छबिलाल मगर / (+977 कोड विदेशबाट फोन गर्दा) 9869050418
छोरी : 9860462966

LEAVE A REPLY