प्रधानमन्त्रिले उद्घाटन गरेको विद्युतीय बसबारे भौतिक मन्त्रालयलाई जानकारि छैनः मन्त्री महासेठ

0
59

आजकोकुराःफागुन १५ काठमाडौं !भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ वटा विवादास्पद विद्युतीय बसबारे आफूलाइ जानकारि नै नभएको बताएका छन् ।
आज बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यसरि मन्त्री महासेठले त्यसबारे आफ्नो मन्त्रालयलाई केही पनि जानकारी नभएको बताएका हुन् ।

केही महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो बस भारत वा चीन कहाँबाट खरिद गरेको भन्ने सांसदहरुको प्रस्नमा मन्त्री महासेठले ‘त्यो बसबारे हामीलाई केही पनि जान्कारी छैन । त्यो बस खरिद गर्न प्राइभेट सेक्टरले खर्च गर्यो वा अरुले खर्च गर्यो, कहाँ किन्यो कहाँ चलाइँदैछ, हामीलाई केही पनि थाहा छैन । यो हाम्रो कार्यक्षेत्र भन्दा बाहिरको विषय हो ’भने !

साथै उनले भौतिक मन्त्रालयले वरु ३ सय विद्युतीय बस खरिदका लागि मापदण्ड बनाउन २ वटा कार्यदल बनाएको उल्लेख गर्दै विद्युतीय बस कसरी खरिद गर्ने भन्नेबारे छलफल चलिरहेको बताएका छन् ।

LEAVE A REPLY