प्रेम-दिवशमा-संगीतकार/निर्देशक देमिनको ‘आई लभ यु ‘

0
296

आजकोकुरा:फागुन १ काठमाण्डौ ! विश्व भोलि प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे मनाउने तयारि गरिरहेको छ !त्यसको रनक आज देखि नै देखिन थालेको छ ! यसै प्रेममय अवसर पारेर लामो समय देखि नेपालि कला-संगीतमा लागिपरिरहेका संगीतकार तथा निर्देशक राज्य राइ देमिनले ” आइ लाभ यु “बोलको एउटा युगल प्रेमगीत अनलाइन युट्युव मार्फत भ्यालेन्टाइन डे एकदिन अगाडि सार्वजनिक गरेको छ !
पछिल्लो समय विश्व लगाएत नेपालमा पनि अनलाइन युट्युव मार्फत गीत/भिडियो सार्वजनिक गर्ने चलन बढेको छ ! यस गीतको गीतकार चर्चित युवा गीतकार प्रकाश दुमी राइ हुन् भने स्वर प्रमोद खरेल/मेनुका राइले दिएको हो ! जुन “आइ लाभ यु ” गीतको म्युजिक भिडियोमा अजीत राइ शेशुका राइले रोमान्स गरेका छन् ! जसलाई छायांकन शन्देश राइले गरेको छ !
संचारकर्मीको कथामा पृथक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् ,जुन गीतलाई ‘आजको मिडिया प्रालि ‘ल्याएको छ !
लामो समयपछि आफ्नो संगीतमा राज्य राइ देमिनले ल्याएको यस गीतको निर्देशन पनि आफैले गरेका छन् ! अझ नया काम देख्न पाइयोस आजकोकुरा डटकमको शुभकामना !

LEAVE A REPLY