टानको आयोजनामा हुने भयो शेर्पा-बाबुछोराको विशाल अभियान

0
304

आजकोकुरा:माघ २६ काठमाण्डौ !दुइ दशकदेखि हिमाल,खोलानाला,पार्क सरसफाई गर्दै प्रकिति जोगाउँ अभियान संघर्ष गर्दै आउनुभएका व्यक्ति हुन् पी के शेर्पा ! कुनै बेला जिन्दगीको उद्देश्य नभएको बताउने उनै शेर्पाले हिमालयन गाइड यात्रा गर्दै जाँदा ,हिमालमा भएको फोहोर अनि सुक्दै गरेको हिउँ ,त्यसले विश्वमा पर्दै गरेको नकारात्मक असरप्रति गहिरो चिन्ता हुँदै जादा अब यसैमा उद्देश्य बनाउनु पर्ला भन्दै हिमाल सरसफाई यात्रा शुभारम्भ गरेको बताउँछन् ! आज यहि यात्रा सगरमाथा जस्तै विशाल अभियानमा परिणत भएको छ !


आखिर शेर्पाको रगत ,हिमालको सेरोफेरो अनि नेपाल पर्यटन संग आवद्द बन्दै यो पृथ्वीमा नयाँ पृथक काम गर्ने धोको स्वरुप आफ्नै छोरा सोनाम शेर्पालाई लिएर ” प्रकिति जोगाउँ ,हिउँ वचाउँ “नारा लिएर सातै महादेशको सातै उच्च हिमाल चढ्ने अभियान बनाउदै आफ्नो राष्ट्रलाई पनि विश्वमा चिनाउने सपना बोकेका थिए !
उनै बाबुछोराको अभियानलाई भव्य सफल पार्न तथा यस अभियानको मूल आयोजक टान (ट्रेकिङ्ग एजेन्सीस एसोसिएसन्स अफ नेपाल )ले आज नेपाल पर्यटन बोर्डमा वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको प्रमुख अतिथ्यमा बृहत पत्रकार-सम्मेलन गर्यो !


आजको कार्यक्रममा टान अध्यक्ष नवराज दाहालले ‘मानवले अव जलवायु परिवर्तन बारे चिन्ता नगर्ने हो भने भविष्य खराव छ ,ग्लोवल वार्मिंग संदेश लिएर अभियानमा जाने बाबुछोरा प्रति हामि सबै गर्ब गर्नुपर्छ ,सवैले जे जसरि हुन्छ सहयोग गर्नुपर्छ र सफलताको शुभकामना ‘भने !
यसै गरि कार्यक्रममा आएका सवै पर्यटन संग सम्बन्धित अतिथिहरुले शुभकामना दिएका थिए !
यसैगरी उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले ‘ सरकारले गर्नुपर्ने काम यी बाबुछोराले गर्दै छ,शुभकामना !’भन्दै ‘यस प्रकिति ,हिमाल र वातावरण सम्बन्धमा सरकारले विशेष योजना समेत बनाउदैछ ‘पनि भने !

कार्यक्रममा गायक रामजी नेपालीले अभियान संग सम्बन्धित ” बाबु-छोरा “बोलको गीत पस्केका थिए भने ,कार्यक्रम संचालन टान महासचिव आङ्ग पेम्बा शेर्पाले गरेका थिए !
बाबु छोरा अभियान प्रति आजकोकुरा डटकमको पनि शुभकामना !

LEAVE A REPLY