‘काठमाण्डौ जिन्दगि ‘ -कवि/गीतकार अमर बान्तु

0
111

आजकोकुरा :माघ १३ काठमाण्डौ ! आजकोकुरा डटकमले सदैव नेपालि साहित्यको सम्ब्रिद्दिको लागि एवं साहित्यकारको लेखनको सम्मानको निम्ति साहित्य लेखन प्रकाशनमा विशेष-विशेष स्थान प्रदान गर्दै आइरहेको छ ! जसमा आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार प्रकट गर्दै यहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा शौभाग्य ठान्दछौ !
आज यसरि नै चर्चित कवि/गीतकार अमर बान्तुको ” परिभाषाका राँट़ाहरु ” कविता/गीतिसंग्रह पुस्तकबाट ‘ काठमाण्डौ जिन्दगि ‘शिर्षकको एउटा गीत आजकोकुरा डटकममा प्रकाशन गर्दछौ !
‘काठमाण्डौ जिन्दगि ‘
-कवि/गीतकार अमर बान्तु
गल्लि छिंडी धाउँदा-धाउँदै सडक बिर्सिसके,
व्यस्त सहर पछ्याउंदैआफै हराईसकें ।

सिलिन्डरको लाइनभित्रै लौ न हराएछु,
चुलो होइन मन बालेर आँसु उमालेछु !
गाग्रिभरि आशा लिई टोलछिमेकमा धाएँ ,
छिमेकीको वचन थापी बाटो रुझाई आएँ ।

रहरहरु भारि-भारि जीवन थिचिसक्यो,
झिटिमिटि सार्दासार्दै जीवन फ़ाटिसक्यो ।
कस्तो धावा साँझबिहानी छाक उम्काउनेको ,
कहिले जोहो होला यहाँ टाउको लुकाउनेको ।

LEAVE A REPLY