टिम्स कार्यान्वयन नहुदा राज्यले करोडौ राजस्व गुमाउनुु परेको छ : टान महासचिव आङपेम्बा शेर्पा

0
141

आजकोकुरा: कात्तिक ६ काठमाण्डौ !ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ र खुम्बु क्षेत्रमा पदयात्रा सुचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन नभएको भन्दै फेरी सरकारको ध्यानाकर्षण गराएको छ ।
यसमा आजकोकुरा डटकमसंग कुराकानी गर्दै टानका महासचिव आङपेम्बा शेर्पाले टिम्स कार्यान्वयन नहुदा राज्यले करोडौ राजस्व गुमाउनुुका साथै विदेशी पर्यटकहरु समेत आफु खुसी पदयात्रामा जाने क्रम बढेको व्यवसायीहरुले बताएको ,र,जसले गर्दा राज्यलाई कर तिर्ने एजेन्सीहरुको व्यापार घट्नुका साथै तालिम प्राप्त गाईड, अन्य कामदारले काम पाउन छोडेको एवं पर्यटक हराउने सम्भावना समेत बढेको बताए ।

साथै ,महासचिव शेर्पाले नेपालमा आउने पर्यटकहरु अनिवार्य रुपमा एजेन्सी मार्फत गाईड र सहयोगी लिएर मात्र पदयात्रामा जानु पर्ने अनिवार्य व्यवस्था गर्न टानले माग गरेको छ । यदि यसो भएमा रोजगारीको अवसरहरु समेत सृजना भै राज्यको राजस्व पनि बढ्ने हुँदा तत्काल कार्यान्वयनमा लैजान जरुरी रहेको बताए ।

त्यस्तै यस्तो व्यवस्था लागु गर्न सरकारलाई विगत देखि नै घचघच्याउदै अनुरोध गर्दै आएपनि यसमा सरकारले कुनै चासो नदेखाएको,र व्यवसायीको माग अव पनि सुनुवाई नभए कडा आन्दोलनमा जान बाध्य हुने पनि महासचिव शेर्पाले चेतावनी दिएका छन् ।

 

LEAVE A REPLY