‘ मेरी सान्नानी ‘आरुषिलाई अमोनले भनेपछि

0
306

आजकोकुरा :आश्विन ३१ काठमाण्डौ ! नेपालि कला क्षेत्रमा एउटा बेग्लै नाम स्थापित गरिरहेका युवा नृत्य निर्देशक हुन् अमोन राना ! उनले बिभिन्न म्युजिक भिडियो र चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका छन् र बिभिन्न नृत्य पाठसालामा नृत्य प्रशिक्षण समेत गरिरहेका छन् ! तर,पछिल्लो समय उनले नृत्यको साथै गायनमा पनि पाइला बढाए ,जस अनुसार अहिले पछिल्लो समय उनको आफ्नै शब्द ,संगीत,स्वर र नृत्य निर्देशनको साथै आफैले उक्त गीतमा अभिनय गरेको मायाप्रेमको गीत  ‘मेरी सान्नानी ‘ युट्युव मार्फत सार्वजनिक भएको छ ! र,जुन गीतको प्रतिक्रिया पनि राम्रै आइरहेको अमोन बताउछन् !
राजधानीको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस ‘मेरी सान्नानी ‘गीतलाई मोनस लामाले छायांकन गरेका छन् ,भने यस गीतको सम्पादन संगीत बानियाँले गरेका हुन् !
रमाइलो मायाप्रेमको हाउभाउमा बनाइएको यस गीतमा अमोनसंग आरुषी मगरले रोमान्स गरेकी छिन !
गीत हेर्नलाइ :

LEAVE A REPLY