भ्रष्टाचार निर्मुल अभियानमा कति धम्कि आए ,कति प्रलोभन आए, तर हाम्रो प्रण भुल्न सकिंदैन :अध्यक्ष खनाल

यो देशको भ्रष्टाचारीलाई नंग्याएर ,सार्वजानिक रुपमै जुन दिन जनताले जुत्तामाला र मोसो लगाउछ त्यो दिन हामीले सफल भएको महसुस गर्नेछौ र त्यो एकदिन हामि ल्याएरै छाड्छौ

0
972

आजकोकुरा:आश्विन ३० काठमाण्डौ ! पछिल्ला समय नेपाल भन्दा गरिव मुलुकहरु आज सम्ब्रिद्दिको शिखरमा छन् ! तर विश्वमा आफ्नै दह्रिलो इतिहास बोकेको,प्रकिति ,जलस्रोतको धनि ,हिमाल ,पहाड र तराइको मिश्रण अनि हिमालयनको देश हाम्रो नेपाल अझ जहीको त्यँही ,अझ खराव इमेज बनाउंदै किन गैरहेको छ ? इतिहास देखी आज सम्म कयौं व्यवस्था बदलिए ,कयौं शासन बदलिए तर अवस्था जहीको त्यँही किन त? भन्दा आज देश अर्थात मुलुक बर्बात पारिरहेको छ उच्च ‘भ्रष्टाचार’ ले !
हाम्रो मुलुकमा कतिले आफ्नो काम नगर्ने ,कतिले अरुलाई गर्न नदिने र कतिले आफ्नो पदको गलत प्रयोग गर्ने जस्ता गलत प्रणाली ,घुसखोरी र भन्ने पर्दा यसको मूल भ्रष्टाचारले आज यो मुलुक दयनीय बनेको छ ! कति आए मुलुक बनाउछु भन्ने ,कतिले भने भ्रष्टाचारलाई जरै बाट उखेल्छु भनिपनि रहेकै छ ! यस्तो अवस्थामा बोल्ने भन्दा अब गर्ने भन्ने उदाहरण देखाउदै,संयुक्त राष्ट्रसंघको वडापत्र मुताविक रहँदै,भ्रष्टाचार रहित देशको निर्माणमा अघि बढ्ने महान उद्देश्यका साथ् नेपाल सरकारको नीति नियममा रहेर आजभन्दा सात वर्ष अगाडि अर्थात बि.स.२०६८ सालमा ‘अमरदीप सोसियल अर्गनाइजेशन ‘को स्थापना भएको हो !
यसरि यस अर्गनाइजेशनले आफ्नो स्थापनाकालदेखि आजसम्म ‘भ्रष्टाचार नियन्त्रण’मा बिभिन्न कार्यक्रम गरेर अभियान गरिरहेको छ ! आज यसै अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र प्रसाद खनालसंग आजकोकुरा डटकमले कुराकानी गरेको छ !
अध्यक्ष खनाल भन्छन् ” भ्रष्टाचार निर्मुल अभियानमा कतिले ज्यान मार्ने भन्दै धम्काए,कत्तिले कुरा गोप्यरुपमा मिलाउँ भन्दै प्रलोभन देखाए ,तर, हाम्रो उद्देश्यमा हामि अडानमा हुन्छौ,त्यसैले कानुनीरुपमा भ्रष्टाचारीलाइ कारवाही गराउनु हामिले प्रण गरेका हुन्छौ, डर धम्कि प्रलोभनले हामीलाई एउटा रौ जतिपनि असर गर्दैन !” साथै उनले “यो देशको भ्रष्टाचारीलाई नंग्याएर ,सार्वजानिक रुपमै जुन दिन जनताले जुत्तामाला र मोसो लगाउछ त्यो दिन हामीले सफल भएको महसुस गर्नेछौ र त्यो एकदिन हामि ल्याएरै छाड्छौ “भने !
बाकि अर्गनाइजेशन अध्यक्ष खनालसंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY