कवि देवेन्द्र खेरेसको एक कविता प्रेमपत्र

0
475

आजकोकुरा:आस्विन २९ काठमाण्डौ । यस आजकोकुरा डटकमले नेपालि साहित्यको सम्ब्रिद्दिको लागि साथै साहित्यकारको लेखनको सम्मानको निम्ति साहित्य लेखन प्रकाशनमा विशेष-विशेष स्थान प्रदान गर्दछ !यसरि आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार तथा सम्मान प्रकट गर्दै ,यहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा शौभाग्य ठान्दछौ !
आज यसैगरी एक स्थापित कवि देवेन्द्र खेरेसको एक कविता आजकोकुरा डटकमबाट !
प्रेमपत्र
कवि : देवेन्द्र खेरेस
तिमीसँग भेट्छु भन्दाभन्दै
वितिसकेछ यतिका समय
क्षणहरु गन्दा गन्दै ।

तिमीलाई
बिर्सिन पनि सकिन
बिर्सिएपछि–
संसार अध्यारिने रहेछ
तिमीलाई
सम्झिरहन पनि सकिन
सम्झीरहदाँ–
पीडाको उज्यालोले झन्–झन् पोल्दोरहेछ
सम्झना र विर्सनाको रुग्न बगरबीच
म आहत् प्रेम–नदी बगिरहेछु ।

तिम्रो यादका बुँदहरु
जम्मा भएर मुटुमा
आँखाको मूल फुट्यो आज
र अश्रुजल–प्रवाहमा बग्दै बग्दै म
घरि छाँगा भएर खस्दैछु
घरि दह बनेर जम्दैछु
घरि बगरमा हुत्तिएर सोसिँदैछु
केवल तिमीलाई भेट्छु कि भनेर ।

तिमिलाई भेट्न नसक्नुको पीडा
तिमीलाई देख्न नसक्नुको तिष्णा
तिमीसित बोल्न नपाउँनुको छटपटी
यो थकान मेटाउने
न छ कुनै चौतारी
यो भाकलको पात चढाउने
न छ कुनै देउराली
कुनै भीड या एकान्तमा
शहर अथवा गाउँमा
कतै नपाएपछि तिमीलाई
तिम्रै नाममा
समयको यो घाइते पातमा
लेख्दै छु प्रेमपत्र ।

म ईतिहास हुनु अघि
वर्तमानलाई सँगै लान चाहन्छु
प्रिय !
तिम्रो नाममा
यो भिजेको एकान्तको पानामा
लेख्दै छु प्रेमपत्र ।

 

 

LEAVE A REPLY