ए हजुर माया त आफै हुन्छ गीत युट्युवमा सार्वजनिक

0
435

आजकोकुरा:आश्विन २७ काठमाण्डौ ! बिगत दुइ दशकदेखि नेपालि संगीत क्षेत्रमा लागिपरेका गायक संगीतकार हुन् राज्य राइ देमीन ! उनको पहिलो गीतिसंग्रह ‘प्रस्थान ‘२०६१सालमा ,दोस्रो ‘शुभयात्रा’ २०६८ आएको थियो ! गायनमा भन्दा संगीतमा चर्चा कमाएका राज्यले पप आधुनिक,स्वदेस गान र चलचित्र गरि ५४ वटा गीतमा संगीत दिसकेका छन् ! फेरी अहिले उनको आफ्नै शव्द,सङ्गीत र स्वरमा रहेको ‘ ए हजुर ‘ बोलको म्युजिक भिडियो अनलाइन युट्युवमार्फत आजदेखि सार्वजनिक भएको छ !
‘…ए हजुर माया त आफै हुन्छ ‘भन्ने बोलको यो मायाप्रेम सम्बन्धि रहेको गीतको छायंकन मुस्ताङ्गमा गरिएको छ,जसको निर्देशक छन् ‘निरेन श्रेष्ठ ‘,भने यस गीतमा सौगात मगर,सरस्वोती तामाङ्ग र शिशिर मगरले रोमान्स गरेका छन् !
जुन गीतलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका हुन् ! पोस्ट प्रोडक्शन ‘ज्योति फिल्मस् प्रोडक्शन ‘ ले गरेको छ !
पछिल्लो समय ट्रेन यसरि युट्युव मार्फत गीत भिडियो सार्वजनिक गर्ने चलन फस्टाएको छ ,यसरि नै यो गीत बुढासुब्बा म्युजिक सेन्टरको युट्युव च्यानलबाट हाइएको छ !

यस गीत हेर्नुहोस :

 

 

LEAVE A REPLY