सुर साधना अन्तर्गत नाचघरमा चर्चित गायक दिवाकर शर्मा एकल शुभकामना भव्य साँझ

0
779

आजकोकुरा:आश्विन २६ काठमाण्डौ ! चर्चित गायक तथा संगीतकार दिवाकर शर्माले बिहिबार साझ ‘सुर साधना ‘ अन्तर्गत राष्ट्रिय नाचघरमा एकल सांगीतिक गायन प्रस्तुत गरेका छन् ! राष्ट्रिय नाचघर सस्थानले हरेक महिनाको अन्तिम बिहिबार श्रष्टाको एकल गायन प्रस्तुत गर्ने कार्यक्रम रहेको र यसै अनुशार २०७५ विजयादशमी पारेर शुभकामना सांगीतिक कार्यक्रम गायक शर्माले दिएका हुन् !


साढे तिन दशक अगाडिदेखि गायन यात्रा शुरु गरेका गायक पुर्व संखुवासभाका स्थानीय हुन् ! उनले बालकदेखि नै अति मिठासका साथ् गाउने गरेको उनका आफ्नै दाइ विशेष अतिथि समेत रहेका सस्थान बिभाग प्रमुख तथा वरिष्ट कलाकार प्रभाकरदेव शर्माले बताए !

कार्यक्रमको प्रमुख अतिथि सस्थान महाप्रबन्धंक राजेश थापा ,विशेष अतिथि सस्थान बिभाग प्रमुख लगाएतले उद्घाटन गरेका थिए !
गायक शर्मा आफैमा बरिष्ट रेडियो नेपाल उद्घोषक पनि हुन् !
गायक शर्माले लालिगुरास बोलको स्वदेश गान बाट थालनि गर्दै सुनाखानी,तिर्खाकी पानि,घुम्ती तिरै,साँझ साँझ ,उसको नजरमा ,मायाकोकुरा,हजार सपना हरुको,मैले बसाइ सरेपछि लगाएतका एक दर्जन गीत पस्केका थिए ! कार्यक्रम हलमा दर्शकको तालि संगै बेलाबेलामा ‘वान्स मोर ‘को आवाज आएको थियो !

प्रमुख अतिथि,विशेष अतिथि हरुले सस्थानको तर्फाबाट गायक शर्मालाई कदर पत्र ,खादा सहित सम्मान पनि गरिएको थियो ! कार्यक्रम संचालन रमेस बिसीले गरेका थिए !

LEAVE A REPLY