आईपर्नसक्ने जुनसुकैसुरक्षा चुनौती सामना गर्न नेपाली सेना तयार :प्रधानसेनापति थापा

0
28

आजकोकुरा:आश्विन २५काठमाण्डौ ! दशैँ,तिहार र छठ पर्वको उपलक्ष्यमा सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मलेनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले आईपर्नसक्ने जुनसुकैसुरक्षा चुनौती सामना गर्न नेपाली सेना तयार रहेको बताएका छन् । विखण्डनकारी र हतियारधारी समूहलाई सेनाले पनि सूक्ष्म ढंगले नियालिरहेको भन्दै उहाँले जुनसुकै सुरक्षा चुनौती सामना गर्न सेना सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा उनले विखण्डनकारी र हतियारधारी समूहलाई नेपाल प्रहरीले कानुनी दायरामा ल्याइरहेको उल्लेख गर्दै आगामी दिनमा आउनसक्ने परिस्थितिप्रति सेना चनाखो रहेको समेत बताए ।
साथै उनले सरकारद्वारा निर्देशित सबै अधिकार पालन गर्ने , सिमा क्षेत्रमा हुने अराजक गतिविधि नियन्त्रयण गर्न समेत सेना तयार रहेको बताउउदै सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकार पनि गर्दै आफू सङ्गठन भित्रको भ्रष्टाचार हटाउन समेत लागि परेको जानकारी दिए ।
सेना ब्यवसायी भएको आरोप लगेको समयमा प्रधानसेनापतिले सेनाले हस्पिटल, पेट्रोल पम्प लगायतसञ्चालन गरेर व्यापार गर्न नखोजेको पनि बताए ।
यसैगरी सेनाभित्र नातावाद, कृपावाद मौल्याएको भन्ने जनगुनासो आफूले सुनेको भन्दै उनले त्यस्तो कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताए !साथै , निष्क्रय रहेको सैनिक अदालतलाई समेत सक्रिय बनाइने उनको भनाई थियो ।
भारतमा भएको विम्स्टेक राष्ट्रको सैन्य अभ्यासमा सरकारको धारणा अनुसार नै सहभागिता नभएको समेत उल्लेख गरे ।

 

LEAVE A REPLY