ऐतिहासिक सांगीतिक अग्रज श्रष्टा सम्मान

0
91

आजकोकुरा :आश्विन २३ काठमाण्डौ ! विगतका वर्षहरु झैँ नेपाल सांगीतिक संघले यो पटक पनि ऐतिहासिक बृहत ‘ अग्रज श्रस्टा सम्मान कार्यक्रम-२०७५ ‘गरेको छ !नेपालि कला,सस्कृति,साहित्य,संगीत,धर्म क्षेत्रमा प्रत्यक्षरुपमा अमुल्य योगदान पुर्याउदै आउनुभएका अग्रज श्रष्टाहरुलाई आज राष्ट्रिय नाचघरमा बृहत कार्यक्रम विच सम्मान पत्र तथा नगद प्रदान गरिएको हो !


नेपाल सांगीतिक संघको अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा आज आयोजित उक्त कार्यक्रममा माननीय सस्कृति,पर्यटन तथा उड्डयन मन्त्रि रविन्द्र अधिकारि प्रमुख अतिथि रहनु भएको थियो ! अन्य अतिथिहरुमा वरिष्ट गायक प्रेमध्वज प्रधान,गीतकार संघ अध्यक्ष चुडामणि देवकोटा ,गायक सिताराम पोखरेल लगाएत रहनुभएको थियो !

आजको श्रस्टा सम्मानमा चलचित्र निर्देशक तथा गीतकार प्रदिप रिमाल सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )वरिष्ट गीतकार रत्न शमशेर थापा,पुष्प नेपालि विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )वरिष्ट कला साधक भोला जोशी,शिवासंखर मानन्धर विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )वरिष्ट संगीतकार तथा संगीत अन्वेषक बुलु मुकारुङ्ग,फत्तेमान युवा विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )प्रतिष्ठित गायक आनन्द कार्की,मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )वरिष्ट कला साधक कमल क्षेत्री,लाल समुन्द्र बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )सुप्रसिद्द कला साधक सम्भुजित बास्कोटा ,सांगीतिक संघ विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित )वरिष्ट कला साधक बेद गुरुङ र कला पत्रकारिता विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार तर्फ (नगद रु पच्चीस हजार सहित ) वरिष्ट कला पत्रकार अनन्त वाग्ले लाइ सम्मान गरिएको थियो !

कार्यक्रममा प्रमुख अतिथि लगाएत अतिथिहरुले नेपालि संगीत विश्वमा उच्च ,पृथक रहेको बताउदै यो क्षेत्रको विकास र सम्बर्धनको निम्ति सरकारले विशेस कदम चाल्नु पर्ने बताएका थिए !
यो हरेक वर्षको हिन्दु नेपालीहरुको महान पर्व दशैँ पारेर आयोजना गरिने आयोजक सस्थाका कोषाध्यक्ष बिमल श्रेष्ठले आजकोकुरालाई बताए !

उक्त कार्यक्रममा चर्चित गायिका प्राश्ना शाक्य,नवगायक विश्व नेपालि लगाएतले श्रष्टाहरुको कालजय गीत प्रस्तुत गरेका थिए !
कार्यक्रमको सहआयोजना राष्ट्रिय नाचघरले गरेका थिए !

LEAVE A REPLY