एक गजल  -प्रकृति थापा आलोचना

0
163

आजकोकुरा:आश्विन २३ काठमाण्डौ ! नेपालि साहित्यको सम्ब्रिद्दि तथा साहित्यकारको लेखनको सम्मानको निम्ति आजकोकुरा डटकमले साहित्य लेखन प्रकाशनमा सदैव विशेष स्थान प्रदान गरिरहेका छौ ! जसमा आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार प्रकट गर्दै उहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा अति शौभाग्य ठान्दछौ !
यसै क्रममा सुर्खेतकी प्रकृति थापा आलोचनाको एक गजल आजकोकुरा डटकममा !

गजल
-प्रकृति थापा आलोचना
पुरानै रिवाज पुरानै सजावट अझै सम्म
रतिभर बद्लिएन मेरो समाज अझै सम्म

ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु ?
सकियको छैन र हजुरको परिक्षण अझै सम्म

उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो
बाकी छ सम्झना मेट्न छोडेको रुमाल अझै सम्म

तपाईंको शहरमा पो धनी छन ,अस्पताल छ्न
मेरो गाउँ गरिब छ।भोक भोकै मर्दैछ अझै सम्म

बिचरा के छुट्यो होला,कस्लाइ पर्ख्यो होला ?
एक बेवारिसे लास जल्दै जलेन अझै सम्म !

LEAVE A REPLY