जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई दिइएको छैन :मन्त्री खनाल

0
36

आजकोकुरा:आश्विन २३ काठमाण्डौ ! फोकस नेपाल नामक संस्थाले काठमाडौंमा आज मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य विषयक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कारबाही हुने बताएका छन् । साथै उनले खाद्य पदार्थमा मिसावट रोक्नका लागि सरकारले एक वर्षभरी दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको बताए ।
कार्यक्रमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई नभएको , मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको मन्त्री खनालको भनाई छ । यसमा अनुगमन र कडाई पछि अहिले दूध ढुक्कले खान मिल्ने अवस्थामा पुर्‍याएको पनि भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ’समेत बताए !
त्यस्तै मन्त्री खनालले अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी फ्याक्ट्रिमा तालाबन्दी गरिएको पनि जानकारी दिदै २ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनिय भएको बताए ।

 

LEAVE A REPLY