लिगलिगे म्याराथुन दौड जित्नेलाई श्रीपेच

0
49

आजकोकुरा:आश्विन २३ गोरखा । अब असोज २८ गते पालुङटार नगरपालिकाको लिगलिगकोटमानवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिगे म्याराथुन बारे आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा लिगलिग कोट विकास अभियानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिब्र भइरहेको जानकारी दिदै पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता गर्दै आएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताएका छन् ।

यो लिगलिगे म्याराथुन पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार एक सय रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदुतको व्याच प्रदान गरिने रानाले बताएका छन् ।

त्यस्तै प्रतियोगिताको उपाधि विजेतालाई एक रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने रानाको भनाइ छ ,साथै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाइ नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र वितरण गरिने अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले बताए ।
नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

LEAVE A REPLY