अख्तियारले यातायातका १० जना कर्मचारीविरुद्द मुद्दा दायर

0
47

आजकोकुरा:आश्विन २३ काठमाडौं ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी सवारी चालक अनुमति पत्र दिएको आरोपमा यातायात व्यवस्था कार्यालयका १० जना कर्मचारीविरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक लाभ लिएर कर्मचारीले परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकालाई समेत सवारी चालक अनुमतिपत्र जारी गर्ने गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा एकान्तकुना र ठूलोभर्‍याङ्गमा कार्यरत १० जना कर्मचरी दोषी पाइएपछि यसरि अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति, एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, शाखा जसमा अधिकृत इश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, नायव सुब्बा लेखनाथ भूषाल, मेकानिकल इन्जिनियर श्याम केसी, कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्द मुद्दा दायर गरिएको दंगालले बताएका छन् ।
यसैगरी ठूलोभर्‍याङ्ग कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल कम्प्युटर अपरेटर विज्ञान खड्कीविरुद्द पनि भ्रष्टाचार निवारण ऐन अन्र्तगत मुद्दा दायर गरेको आयोगले जानकारी गराएको छ !
अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति एकान्तकुना र काठमाडौं ठूलोभर्‍याङ्ग कार्यालयबाट गत माघ १ देखि फागुन २५ सम्म जारी भएका कार, जिप, डेलीभरी भ्यानको सवारी चालक अनुमतिपत्रका सम्बन्धमा अनुसन्धान गरेको र सो अवधिमा उनीहरुले २ सय ८ वटा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी २ सय ४ वटा सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारको दावी रहेको छ ।

LEAVE A REPLY