नेपाल कलाकार संघका अध्यक्ष बोगटीको आज निधन

0
127

आजकोकुरा:आश्विन २३ काठमाडौं ! नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी आज दुर्घटनामा परेर निधन भएको छ ।

ललितपुरको टिकाथलीस्थित आज बिहान आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएको उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो ।

अध्यक्ष बोगटीलाई घाइते भएलगत्तै ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको र अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधन भएको पुष्टि गरे । बोगटीको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

बोगटीले चलचित्र छायाँकनका लागि ‘ बोगटी स्टुडियो ‘ निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । उनि स्वाभिमान र माया गर ल चलचित्रका निर्माता समेत हुन् । दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा बोगटीले अभिनय गरेका छन् ।
हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका उनले आफनै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।

LEAVE A REPLY