सन् २०१८ को अन्त्यबाट रेल सेवा सञ्चालन

0
42

आजकोकुरा:आश्विन २३ काठमाण्डौ ! अब नेपाल भारत सिमा क्षेत्रका दुईवटा बिन्दुमा सन् २०१८ को अन्त्यबाट रेल सेवा सञ्चालन हुने भएको छ ।यो जनकपुर–जयनगर र बथनाहा–कटहरी रेल सेवा डिसेम्बर अन्त्यबाट सुचारु हुने रेल बिभागका प्रवक्ता सिनियर डिभिजनल ईन्जिनियर अमन चित्रकारले जानकारी दिए । यसको दुबै स्थानमा ट्रयाक बिछ्याउने काम लगभग सकिएको छ । यस बथनाहा कटहरी मार्गको १८ किलोमिटर लम्बाईमध्ये १३ किलोमिटर नेपाल र ५ किलोमिटर भाग भारतमा रहेको छ । 

यसको लिगको परिक्षण र दुबै पक्षका अधिकारीहरुले अनुगमन समेत गरिसकेकाले निर्धारित समयसिमा भित्रै दुबै स्थानमा रेल सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको उनले बताउदै रंगेली–बिराटनगरको रेल मार्ग निर्माणमा भने केहि समस्या देखिएकाले त्यसको सञ्चालनमा ढिलाई हुने उनले बताए ।
यसैगरी काठमाण्डौ केरुङ रेलमार्ग निर्माणका लागि चिनियाँ प्राबिधिकले तयार पारेको प्रतिवेदनलाई दुवै पक्षका अधिकारीहरुले अध्ययन सुरु गरेका छन् । प्रतिवेदनलाई अन्तिम रुप दिदै आयोजना सुरु गर्ने बिषयमा छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली डिसेम्बर अन्तिम साता काठमाडौं आउने प्रवक्ता चित्रकारले बताएका छन् ।

 

LEAVE A REPLY