श्रम कार्यालयमा कमिसन, घुसखोरी जस्ता कानुनविपरितका गतिविधिलाई निरत्साहित गर्नेगरी काम गर्छु :निर्देशक खतिवडा

0
44

आजकोकुरा:आश्विन २३ काठमाण्डौ ! वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेशिने युवाहरुको सहजताको लागि श्रम नविकरणका सबै काम ताहाचलमा गर्ने गरी नयाँ कार्यालय स्थापना गरेको हो ।
यो नयाँ कार्यालय ७३ पुसदेखि सञ्चालनमा आएको र पछिल्लो समय सेवा प्रवाहमा सुधारको प्रयास थालेको छ । यसमा नयाँ निर्देशकको रुपमा श्रम कार्यालय ताहाचलमा आएका युवराज खतिवडाले सुधारको प्रयासको शुरुवात गरेका हुन् ।
उनलाई मन्त्री गोकर्ण विष्ट र सचिवले श्रम कार्यालयमा देखिएको वेथिति र विसंगती हटाउने जिम्मेवारीका साथ पठाएको बताइएको र जनतासँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले धेरै पक्षको चासो रहने गरेको र आचालेचना पनि त्यत्तिकै हुने भएको अवस्थामा आफूले जिम्मेवारी सम्हालेसँगै सुधारमा गम्भीरता पूर्वक लागिपरेको खतिवडाले बताएका छन् ।

साथै आफूले कार्यालय सुधारका लागि एक कार्ययोजना छिट्टै सार्वजनिक गर्न लागेको जानकारी दिँदै खतिवडाले सेवाग्राहीको गुनासो सुन्न ४ ठाउँमा उजुरी तथा गुनासो सुन्ने बक्स राख्ने र त्यसको आधारमा सेवालाई थप प्रभावकारी बनाउन प्रयासरत रहने बताए ।
‘ कमिसन, घुसखोरी जस्ता कानुनविपरितका गतिविधिलाई निरत्साहित गर्नेगरी काम गर्छु ’पनि उनले भने !
यसरि हाल कार्यालयमा श्रम स्वीकृत प्रदान गर्ने ४ वटा डेस्क रहेको र हरेक ७० सेकेन्डमा एक जना र एक दिनमा औसतमा ९०० देखि एक हजारको हाराहारीमा सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY